राजनीति

दलीय भागबण्डा पुर्‍याउन मधेस प्रदेशमा जम्बो मन्त्रिमण्डल

मधेस प्रदेश सरकारले पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार थप ५ जना राज्यमन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

नेपाली कांग्रेसबाट २, जनमत, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट १र१ जना गरी पाँच राज्यमन्त्री नियुक्त गरेका हुन्। 

एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मोहमाद जयद आलम, कांग्रेसबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, ऊर्जा सिँचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुमारी रजक नियुक्त भएका छन्।

यस्तै लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग पर्यटन राज्यमन्त्री शम्भु साह नियुक्त भएका छन्। यो सँगै मधेस सरकारको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ। मधेसमा १२ मन्त्रालय छ। जनमतले मुख्यमन्त्री बाहेक २, कांग्रेस र एमालेले ४र४ र लोसपाले एक मन्त्रालय सम्हालेको छ।

प्रकाशित: २२ श्रावण २०८१ १८:४८ मंगलबार

#Madhes Pradesh #Satish Kumar Singh