नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा मेघराज खड्का र बहादुरसिंह थापालाई सरकारमा पठाउने निर्णय गरेको छ।
प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले खड्कालाई सामाजिक विकासमन्त्री र थापालाई आर्थिक मामिलामन्त्री बनाउने निर्णय गरेको हो।
यस्तै सरस्वती खडकालाई सामाजिक विकास राज्यमन्त्री र प्रकाशबहादुर बमलाई आर्थिक मामिला राज्यमन्त्री बनाउने निर्णय पनि कांग्रेसले गरेको छ।
मुख्यमन्त्री कमलबहादुर शाह र अन्य मन्त्रीहरूले अहिले साढे ३ बजेपछि शपथ लिने छन्।
एमालेले भने यसअघि दीर्घ सोडारीसहितका मन्त्रीहरुलाई नै दोहोर्याउने निर्णय गरेको छ। नागरिक उन्मुक्ति पार्टीले लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले शाहलाई आइतबार अपराह्न मुख्यमन्त्री नियुक्त गरेका हुन्।
प्रकाशित: २१ श्रावण २०८१ १५:२७ सोमबार