राजनीति

माओवादीले माग्यो सार्वजनिक लेखा समितिको सभापति

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने बताएका छन्।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सो माग गरेका हुन्। सांसद सापकोटाले सो समितिका सभापति ऋषिकेश पोखरेलले अनुचित ढंगले डेडिकेटेड तथा ट्रंक लाईन वक्यौता रकम नतिरेका व्यापारीहरुसँग रहस्यमय ढंगले भेट गरेको जिकिर गर्दै सो घटनाका लागि छानविनका लागि सरकारलाई रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए।  

सभापति पोखरेलले अघिल्लो सार्वजनिक लेखा समितिले सो वक्यौता रकम असुली गर्नका लागि दिएको निर्देशन विपरित लागेकाले उनीमाथि कारबाही हुनुपर्नै उनको भनाई थियो। सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका बोर्ड सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए।  

प्रकाशित: २१ श्रावण २०८१ १४:२६ सोमबार

#Madhab Sapkota