राजनीति

क्रिकेट रङ्गशालाका विषयमा प्रधानमन्त्रीले गरे खेलाडीदेखि कलाकारसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट रङ्गशालाका विषयमा क्यानका पदाधिकारीसँग छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीले आइतबार बिहान क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकारहरूसँग क्रिकेट रङ्गशालाका विषयमा छलफल गरेका हुन्।

छलफल पछि प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्,'क्रिकेट रङ्गशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरूबिच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन सजिलो हुने छ। आजको बिहानी खाजा भेटपछि म उत्साही छु।'

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत क्रिकेटको प्रचार र नेपाली खेलाडीलाई प्रोत्साहन गर्दै आएका कलाकारलाई पनि छलफलमा बोलाएको बताइएको छ। 

प्रकाशित: २० श्रावण २०८१ १४:४७ आइतबार

#Prime Minister Kp Sharma Oli #CAN #Cricket Stedium #Paras Khadka #Prakash Saput #Rachana Rimal