राजनीति

राज्यमन्त्री अर्याललाई मन्त्रालयको पूर्ण जिम्मेवारी

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिएका छन्। 

प्रधानमन्त्री ओलीले आफूसँग रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कामकारबाही पूर्णमन्त्रीका हैसियतले नै गर्ने गरी राज्यमन्त्री अर्याललाई विभागीय जिम्मेवारी दिएको प्रधानमन्त्री स्वकीय सचिव युवराज दाहालले जानकारी दिए।

 “प्रधानमन्त्रीले आफ्नो प्रत्यक्ष निगरानीमा रहने गरी अधिकार प्रत्यायोजन गरेका हुन् । महत्वपूर्ण निर्णयहरूमा प्रधानमन्त्रीको संलग्नता रहनेछ”, उनले भने। 

सो जिम्मेवारीपछि अर्यालले पूर्ण मन्त्रीसरह मन्त्रिपरिषद्मा सहभागी हुन पाउने र मन्त्रालयमा गरेका निर्णयले मन्त्रिस्तरीय मान्यता पाउनेछन्। स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित उनी यही चैत २ गते राज्यमन्त्रीमा नियुक्त भएकी हुन्। 

प्रकाशित: १६ चैत्र २०७४ १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App