राजनीति

प्रतिनिधि सभा बैठकको समय सर्‍यो

प्रतिनिधि सभा बैठकको समय सरेको छ।  

साउन २० गते सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएपछि सोही दिनका लागि बोलाइएको बैठक एक दिनपछि बस्ने गरी सरेको हो। संघीय संसद सचिवालयका अनुसार, आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अब सोमबार दिउँसो एक बजे बस्नेछ ।  

प्रतिनिधिसभा बैठक बिजनेशविहीन भएपछि सभामुख देवराज घिमिरेले विभिन्न समितिमा विचाराधीन अवस्थामा रहेका विधेयकबारे चासा राखेका थिए। उनले समिति सभापतिलाई बोलाएर चाँडो विधेयकलाई निष्कर्षमा पुर्याउन निर्देशन पनि दिएका थिए।  

प्रकाशित: १८ श्रावण २०८१ १६:३० शुक्रबार

#Devraj Ghimire #parliament meeting #parliament of nepal