राजनीति

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलको निर्णायक बैठक जारी

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ।

बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी छ। बैठकमा टुङ्गो लाग्न बाँकी विषयमा छलफल भइरहेको बुझिएको छ।

आजको बैठकलाई निर्णायक बैठकको रुपमा लिइएको छ।

आजको बैठकमा विगतका बैठकमा गरिएका छलफल र सुझावलाई समेटेर प्रतिवेदन तयार गर्ने बताइएको छ। तयार पारिएको प्रतिवेदन शिर्ष नेताहरूलाई बुझाएपछि विधेयक टुङ्ग्याइने कार्यदलको भनाइ छ।

कार्यदलका सदस्य एवं गृहमन्त्री रमेश लेखक, कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, कार्यदलका सदस्य एवं नेकपा (माओवादी केन्द्र) का उपमहँसचिव जनार्दन शर्मा, कानूनमन्त्री अजयकुमार चौरसिया, कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी लगायतको उपस्थिति रहेको छ। 

प्रकाशित: १७ श्रावण २०८१ ०९:१५ बिहीबार

#ramesh lekhak #Mahesh Bartaula #janardan sharma