नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा नेताहरूको कार्यविभाजनबारे निर्णय गरिनेछ। साथै नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गरिने पनि उनले बताए।
बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने उनले बताए।
प्रकाशित: १७ श्रावण २०८१ ०७:१६ बिहीबार