राजनीति

समिति सभापतिलाई सभामुखले भने: संसद्‍लाई बिजनेस दिने वातावरण तयार गर्नुस्

सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुलाई संसद्‍मा बिजनेस दिने वातावरण तयार गर्न आग्रह गरेका छन्।  

बुधबार आफ्नो कार्यकक्षमा विधेयक विचाराधीन रहेका संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दै घिमिरेले यस्तो बताएका हुन्।

सभामुख घिमिरेले अहिले संसदमा विधेयक नभएको बताउँदै संसद चलाउन पनि गाह्रो भएको बताए।

उनले संसद प्रभावकारी बनाउन संसदीय समितिको सक्रियतामा निर्भर रहने पनि बताए। समितिमा विचाराधीन रहेका विधेयकहरु टुंगोमा लगाउन विशेष तदारुकता देखाउन पनि उनले आग्रह गरे।  

प्रकाशित: १६ श्रावण २०८१ १८:३४ बुधबार

#Devraj Ghimire