राजनीति

संसद बिजनेसविहीन भएपछि सभामुखले बढाए सक्रियता

संसद बिजनेसविहीन भएपछि सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन्। 

सभामुख घिमिरेले बुधबार नै विचाराधीन रहेका विभिन्न विधेयकमाथि समितिका सभापतिसँग छलफल गर्न लागेको संसद सचिवालयले जनाएको छ।

सभामुखले विधेयक विचाराधीन रहेका ६ वटा समितिका सभापतिसँग दिउँसो तीन बजे सिंहदरबारस्थित कार्यकक्षमा छलफल गर्न लागेको सचिवालयले जनाएको छ। 

प्रकाशित: १६ श्रावण २०८१ १४:१६ बुधबार

#Parliment #Devraj Ghimire