राजनीति

सहकारी छानवीन समितिमा पाण्डेको ठाउँमा आए बडू

प्रतिनिधि सभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा प्रतिनिधि सभाका तर्फबाट सदस्यहरुको मनोनयन गरेको छ ।

मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा संघीय संसदका संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा प्रतिनिधि सभाको तर्फबाट सदस्यहरुको मनोनयन गरेको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यहरुमा ठाकुरप्रसाद गैरे, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद तिमल्सिना, प्रतिमा गौतम, प्रभु हजारा, बुद्धिमान तामाङ, शान्ति बि.क., सन्तोष परियार, सरस्वति सुब्बा, हितराज पाण्डे र हेमराज राईलाई मनोनयन गरिएको घोषणा गरे । त्यस्तै सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिमा नेपाली काँग्रेसका तर्फबाट सदस्य रहेका बद्रीप्रसाद पाण्डेको स्थानमा दिलेन्द्रप्रसाद बडूको नाम हेरफेर गरिएको छ । पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भएसँगै उनको ठाउँमा बडूलाई ल्याइएको हो । त्यसैगरी नेपाली काँग्रेसकी सांसद सीता गुरुङ कानून, न्याय तथा मानव अधिकार समितिबाट पूर्वाधार विकास समितिमा र मोहनबहादुर बस्नेत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सार्वजनिक लेखा समितिमा स्थान्तरण भएका छन।

प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभामा उत्पति भएको सुरक्षित कारोबार९पहिलो संशोधन० विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।प्रतिनिधि सभाको आगामी बैठक साउन २० गते आइतबार दिनको १ बजे बस्नेगरी बोलाइएको छ ।  

प्रकाशित: १५ श्रावण २०८१ १७:२८ मंगलबार

#Dilendra Prasad Badu