राजनीति

प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए सहयोग गर्छौंः माओवादी सांसद बेलवासे

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद गंगाकुमारी बेलवासेले प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए आफूहरुले  सहयोग गर्ने बताएकी छिन् ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो कुरा बताएकी हुन  । उनले प्रत्यक्ष कार्यकारी प्रमुख भएको खण्डमा देशमा स्थिरता आउनसक्ने बताइन । उनले नयाँ सरकारले संविधान संशोधन गर्ने कुरा गरेको भन्दै पूर्ण समानुपातिकमा जान आग्रह गर्नुभयो । उनले चुनाव खर्चिलो भयो भनेर समानुपातिकलाई दोष दिइएको बताइन। पूर्ण समानुपातिकमा जानका लागि निर्वाचन प्रणाली संशोधन गर्ने भए स्थिर सरकार निर्माण गर्न सकिने बताइन ।

उनले भनिन, ‘नयाँ सरकार आएको छ, हामी संविधान संशोधन गर्छौं भन्नेकुराहरु एउटा ज्वारभाटा जस्तो फैलिएको छ । निर्वाचन प्रणालीलाई दोष दिइएको छ । जनताबाट निर्वाचित हुने कार्यकारी प्रमुख निर्वाचन गर्न हामी पहिल्यैबाट तयार छाैं । त्यसलाई अगाडि बढाउँदा सरकार स्थिर हुनसक्छ । सरकार भनेजसरी चल्न सक्छ । त्यसको लागि आँट गर्नुहुन्छ भने हामी सहयोग गर्नेछौँ । चुनाव खर्चिलो भयो भनेर समानुपातिकलाई दोष दिइएको छ, दलितलाई दोष दिइएको छ, महिलालाई दोष दिइएको छ । त्यस्तो होइन, पूर्ण समानुपातिक व्यवस्थामा जाऔँ । पूर्ण समानुपातिकमा जानका लागि निर्वाचन प्रणाली संशोधन गर्छ भने स्थिर सरकार निर्माण गर्न सकिन्छ ।’

सांसद बेलवासेले शंकाको घेरामा रहेका मन्त्रीहरुलाई सांसद बनाएको भन्दै आपत्ति जनाइन ।  

प्रकाशित: १५ श्रावण २०८१ १६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App