राजनीति

शंकर भन्छन्: लोकतन्त्रको स्थायित्वका लागि कांग्रेससँग सहकार्य

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायीत्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य भएको बताएका छन्।

दाङको घोराहीमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र माथि नै प्रश्न उठ्न थालेको बताए। लोकतन्त्रलाई बलियो बनाउन एमाले र कांग्रेस मिल्नुपरेको उनको दाबी थियो।

'राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामाथि नै अविश्वास पैदा हुदैँ गयो,' महासचिव पोखरेलले भने, 'त्यसको अन्त्य गर्न चुनावी संबिधान संशोधन गर्न आवश्यक छ। एक्लै नसकिने भएकाले कांग्रेसको साथ खोजिएको हो।'

महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संबैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताए।

सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने बताउँदै पोखरेलले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिडेको बताए।

प्रकाशित: १५ श्रावण २०८१ १२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App