राजनीति

संसद बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्।

संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख घिमिरेले सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा मूल्याङ्कन समितिमा रहेका सदस्यहरूको नाम प्रस्ताव गर्नेछन्।

त्यस्तै आजको बैठकमा उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रकाशित: १५ श्रावण २०८१ ०७:३८ मंगलबार

#bishnu paudel #Devraj Ghimire #parliament