राजनीति

लुम्बिनीका मुख्यमन्त्रीले लिए शपथ

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन्। आचार्य एमाले संसदीय दलको उपनेता हुन्।

एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए।

यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले सरकारलाई समर्थन गर्ने जनाएका छन्।

प्रकाशित: ९ श्रावण २०८१ ०९:३३ बुधबार

#Chetnarayan Acharya #Chief Minister of Lumbini