राजनीति

रास्वपा केन्द्रीय समितिको बैठक भोलिका लागि बोलाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ। बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको हो।

केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ।

प्रकाशित: ९ श्रावण २०८१ ०९:२९ बुधबार