राजनीति

प्रधानमन्त्री ओलीको जवाफमा माओवादी नेता वर्षमानको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आपत्ति जनाएका छन्।

प्रधानमन्त्री ओलीले आफू र कांग्रेस एमालेबिचको गठबन्धनमाथि विभिन्न दलहरूबाट भएका टिका टिप्पणीमाथि आपत्ति जनाउँदै गरिमामयी संसदलाई हल्काफुल्का नबनाउन आग्रह गरेका थिए।

लगत्तै नेता पुनले आपत्ति जनाएका थिए। पुनले भने, 'सम्माननीय प्रधानमन्त्री कुन सन्दर्भमा बोल्दै हुनुहुन्छ रु यो चैँ सायद कहिन न कहीँ सभामुख ज्यूले रुलिङ गर्नुपर्थ्यो होला। प्रश्नोत्तरमा हुनुहुन्छ कि अन्तै ?' 

सो लगत्तै सभामुख देवराज घिमिरेले सांसद पुनलाई बस्न आग्रह गर्दै आफ्नो ध्यानाकर्षण भएको बताएका थिए।

रोष्ट्रममा उभिएका प्रधानमन्त्री ओलीले आफूले प्रश्नोत्तर नै गरिरहेको बताउँदै आफूले कसैलाई गाली नगरेको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले भने, 'कसैलाइै गाली गरिरहेको छु र रु गाली नगरौं भनिरहेको छु म, उल्टै गाली गरेको भन्ने।'

लगत्तै सभामुख घिमिरेले विषय केन्द्रित भएर अघि बढ्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।

प्रकाशित: ७ श्रावण २०८१ १४:३८ सोमबार

#KP Sharma Oli #Barsaman Pun