राजनीति

उपसभामुखको पत्र विवादबारे प्रधानमन्त्री ओलीको व्यंग्य

उपसभामुख इन्दिरा राना मगरले असम्बन्धित व्यक्तिलाई भिसामा सहजीकरण गर्न अमेरिकी दूतावासलाई पठाएको विवादित पत्रबारे प्रधानमन्त्री केपी शर्मा ओलीले साङ्केतिक रुपमा मुख खोलेका छन्।

आइतबार प्रतिनिधिसभामा विश्वासको मतमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले रास्वपाका सभापति लामिछानेले साङ्केतिक व्यंग्य गर्दै मुख खोलेका हुन्।

‘कसैको बारेमा कुरा उठ्दा जसो भने पनि हुने, कसैको बारेमा कुरा उठ्दा लौ न नि यस्तो पनि भन्ने हो १,’ प्रधानमन्त्री ओलीले भने,‘विकृति, विसङ्गति, भ्रष्टाचार जस्ता कुरा र बेठिक खालका सामाजिक कुरा राम्रा होइनन्।’

प्रकाशित: ६ श्रावण २०८१ १८:२२ आइतबार

#Prime Minister Kp Sharma Oli #Indra Rana Magar