राजनीति

अपारदर्शी ढंगले बनेका प्रधानमन्त्रीप्रति विश्वास छैनः माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका सांसद बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफ्नो पार्टीको विश्वास नभएको बताएका छन्। 

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा सहभागी हुँदै सांसद पुनले यस्तो बताएका हुन्।

सांसद पुनले प्रधानमन्त्री ओली प्रधानमन्त्री नियुक्त भएको उपधारा नै असंवैधानिक भएको बताए।

‘जुन उपधारामा टेकेर प्रधानमन्त्री नियुक्त हुनुभएको छ, यसै गरी जुन परिस्थितिमा, जुन परिवेशमा, जस्तो प्रकारको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनुभएको छ,’ उनले भने, ‘त्यो अपारदर्शी ढंगले बनेकाले यसप्रति हाम्रो दलको विश्वास उहाँप्रति छैन।’

प्रकाशित: ६ श्रावण २०८१ १५:२९ आइतबार

#Barsaman Pun