राजनीति

सहकारी ठगलाई कारबाही हुन्छ, सुशासनमा स्टन्ट होइन सही इन्टेन्सन चाहिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई गर्न नदिने बताएका छन्।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘एउटा कुरा दुनियाँले सुन्ने गरी भन्न चाहन्छु। हामी भ्रष्टाचार गर्र्दैनौं, भ्रष्टाचार सहन्नौँ। कसैलाई गर्न दिन्नौँ,’ ओलीले भने,‘भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषय छानबिन तथा अनुसन्धान गर्छौं यसमा ढुक्क भए हुन्छ।’

‘भ्रष्टाचारी एक दिन कानुन कठघरामा पुग्नेछ ’भन्ने विश्वास समाजमा स्थापित गर्ने प्रधानमन्त्री ओलीले दाबी गरे।

यस्तै सरकारी पीडितको न्यायका लागि उचित काम सरकारले गर्ने प्रधानमन्त्री ओलीले बताए। ‘सहकारी ठगलाई कानुनी कारबाही हुन्छ। सुशासनका लागि स्टन्ट होइन, सही इन्टेन्सन चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने।

प्रकाशित: ६ श्रावण २०८१ १४:१९ आइतबार

#KP Sharma Oli