राजनीति

राष्ट्रियसभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान

फाइल तस्बिर

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे आज चीन प्रस्थान गरेकी छिन। चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको आठौँ चीन–दक्षिण एसिया प्रदर्शनीमा सहभागी हुन छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इष्टर्न चाइना एयरलान्इसको उडानबाट त्यसतर्फ प्रस्थान गरेकी हुन।  

प्रतिनिधिमण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रियसभाका सदस्य मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, सङ्घीय संसद् सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीयसचिव प्रेमबहादुर सिंह रहेका छन् ।

उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले यही साउन ८ गते हुने प्रदर्शनीको उद्घाटन समारोहमा भाग लिनेछ । प्रदर्शनीको उद्घाटन कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले युनान प्रान्तका उच्च अधिकारीहरूसँग भेट गर्नेछ । प्रतिनिधिमण्डल यही साउन १० गते स्वदेश फर्कने तालिका छ ।

प्रकाशित: ५ श्रावण २०८१ २०:४७ शनिबार

#National Assembly Vice President Bimala Ghimire #Eighth China-South Asia Exhibition