राजनीति

१५ औँ महाधिवेशन समयमै हुनेमा नेता कोइरालाको आशङ्का

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १५ औँ महाधिवेशन समयमै हुनेमा आशङ्का व्यक्त गरेका छन्।

कांग्रेस महानगर समितिका सभापतिहरूसँग शुक्रवार काठमाडौमा भेटघाट र छलफल गर्दै उनले पार्टी नेतृत्त्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औं महाधिवेशन हुनेमा अशङ्का उत्पन्न भएको बताए।

तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे।

महानगरका सभापतिहरूले आफूहरूको पार्टी मर्यादाक्रम नमिलेको र बिधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए।

भेटघाटमा महानगर सभापतिहरू काठमाडौंका निलकाजी शाक्य, ललितपुरका सुवानन्द धाख्वा, भरतपुरका चित्रसेन अधिकारी, विराटनगरका दिपक चापागाईं वीरगञ्जका मनिन्द्र नेपाली सहभागी थिए।

प्रकाशित: ४ श्रावण २०८१ १०:३० शुक्रबार

#Nepali Congress #shekhar koirala