राजनीति

सदनको क्यालेन्डरबारे सभामुखले गरे प्रमुख सचेतकहरूसँग छलफल

सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।

आज भएको छलफलमा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे छलफल भएको एमालेको मुख्य सचेतक महेश बर्तौँलाले बताए।

छलफलमा सदन चलाउने क्यालेण्डरको विषयमा पनि छलफल भएको उनको भनाइ छ।

उनले भने, ‘हामी प्रत्येक १५ दिनको क्यालेन्डर बनाएर संसद बैठक अघि बढाउँछौं, आजदेखि १५ दिनसम्म कुन(कुन दिन प्रतिनिधि सभा बैठक गर्ने र कुन-कुन दिन समिति बैठक गर्ने निश्चित गर्छौं।’

साउन ६, ७ र ८ र १३, १४ र १५ गते प्रतिनिधि सभा बैठक बस्ने निर्धारण भएको पनि उनले बताए।  

प्रकाशित: ३ श्रावण २०८१ १२:४२ बिहीबार

#Devraj Ghimire #Parliment Meeting