राजनीति

राष्ट्रपति भण्डारीले आज संघीय संसदलाई सम्बोधन गर्ने

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज(विहीबार) संघीय संसदलाई सम्बोधन गर्ने भएकी छिन्। राष्ट्रपति भण्डारीले पहिलो पटक बस्न लागेको प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन्।

नेपालको संविधानको धारा ९५ को दफा (२)मा उल्लेख भए अनुसार राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अघिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।  

गत चैत १२ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति भण्डारीलाई सम्बोधनका लागि आग्रह गरेको थियो । सोही अनुसार राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् । 

 

प्रकाशित: १५ चैत्र २०७४ ०४:२२ बिहीबार

राष्ट्रपति भण्डारीले संघीय संसदलाई सम्बोधन गर्ने