राजनीति

विकासको काम कसरी अघि बढ्छ हामी देखाउँछौँ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको काम अब कसरी अगाडि बढ्ने भन्ने कुरा आफूहरूले देखाउने बताएका छन्।

मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकको बधाई तथा शुभकामना कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

उनले भने, 'हामीले कीर्तिपुर क्रिकेट रङ्गशालालाई ३०० दिन भित्र प्याराफिटसहित राति पनि खेल्न सकिने गरीको प्रबन्धका साथ पूरा गर्ने भनेका छौँ। हिजो त हामीले सुरूमात्रै गरेका हौँ। हिजो हामीले खाली औपचारिक क्याबिनेट बैठक मात्रै गरेका हौँ। यस उप्रान्त मन्त्रालयगत हिसाबले हामी विकासको कामलाई कसरी अघि बढाउँछौँ भन्ने कुरा हामीले देखाउँछौँ।'

प्रकाशित: १ श्रावण २०८१ १४:५८ मंगलबार

#KP Sharma Oli #Prime Minister Kp Sharma Oli