राजनीति

इमानदारीताका साथ काम गर्छु: गृहमन्त्री लेखक

नवनियुक्त गृहमन्त्री रमेश लेखकले सोमबार रामशाहपथस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि मन्त्री लेखकले सङ्क्षिप्त कुराकानी गर्दै आफूले इमानदारीताका साथ काम गर्न प्रतिबद्धता जनाए।

उनले अहिले प्राकृतिक प्रकोपले देशैभर जन धनको क्षति भएको उल्लेख गर्दै प्राकृतिक विपद्लाई उचित ढंगले सम्बोधन गर्न बताए। उनले आफ्नो पहिलो दाइत्व विधिको शासन, शान्ति सुरक्षाको, अपराध नियन्त्रण गर्न कुरामा केन्द्रित रहने जिकिर गरे।

अहिलेकाे सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, अर्थतन्त्रलाई चलायमान गर्ने, संविधानको समीक्षा गर्ने लगायत रहेको उनले जनाए।

प्रकाशित: ३१ असार २०८१ १५:४८ सोमबार