राजनीति

प्रधानमन्त्री नियुक्त भएपछि ओलीले भने: सबैमा सम्मान, सबैलाई धन्यवाद

प्रधानमन्त्रीमा नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिएका छन्।

आइतबार साँझ फेसबुकमा हात जोडेको तस्बिर राख्दै ओलीले लेखेका छन्,‘सबैमा सम्मान। सबैलाई धन्यवाद।’

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजे ओलीलाई चौथो पटक प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। ओली सोमबार बिहान सपथ लिँदैछन्।

प्रकाशित: ३० असार २०८१ १८:१४ आइतबार

#KP Sharma Oli