राजनीति

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसद्मा विश्वासको मत नभएपछि शुक्रबार नै संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्वान भएको थियो।

नेपाली कांग्रेस र नेकपा एमालले १६५ सांसदको हस्तारसहित शुक्रबार नै दाबी पेश गरेका थिए।

प्रधानमन्त्रीमा नियुक्त ओलीको सपथ सोमबार बिहान ११ बजेका लागि तयारी गरिएको राष्ट्रपति कर्यालयले जनाएको छ। 

प्रकाशित: ३० असार २०८१ १७:३१ आइतबार

#Kp_Sharma_Oli