राजनीति

प्रधानमन्त्री पदमुक्त भएको पत्र पुग्यो शीतल निवास

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएर पदमुक्त भएको जानकारी संसद सचिवालयले राष्ट्रपतिलाई गराएको छ। 

सभामुख देवराज घिमिरेले पुष्पकमल दाहालले विश्वासको मत नपाएर पदमुक्त भएको जानकारी पत्र शीतल निवास पठाएका हुन्।

१३८ मत आवश्यक पर्नेमा ६३ मात्र पाएर प्रधानमन्त्री पदमुक्त भएकाले नयाँ सरकार गठनको आह्वानका लागि मत परिणामसहितको जानकारी शीतल निवास पठाएको  संसद सचिवालयले जनाएकाे छ।  

प्रकाशित: २८ असार २०८१ १८:३७ शुक्रबार

#Sital Niwas