राजनीति

छिटो छिटो विश्वास अविश्वासमा परिणत हुने बातावरण भइरहेको छ :अशोककुमार राई

जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले छिटो छिटो विश्वास अविश्वासमा परिणत हुने राजनितिले जनतालाई लाभ दिन नसक्ने बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गरेको विश्वासको मतको बारेमा बोल्दै उनले यस्तो धारणा राखेका हुन ।

अध्यक्ष राईले  विश्वास र अविश्वासको प्रक्रियाबाट शासन व्यवस्था र सरकार गुज्रिरहेको बताए । उनले यसबाट कुनै पनि पक्ष निराश हुनु नपर्ने बताए । उनले पख्लास् र चाख्लास्को विषयवस्तु बनाउन नहुने बताए ।अध्यक्ष राईले जनता समाजवादी पार्टीले दुई ठुला दलहरू मिलेर जाने कुरालाई आफ्नो दलको समर्थन रहेको बताए । 

प्रकाशित: २८ असार २०८१ १६:१२ शुक्रबार

#Janata Samajwadi Party #PM DAHAL #Ashok Kumar Rai