राजनीति

प्रतिनिधि सभामा कांग्रेस सांसदले खोजे प्रधानमन्त्री र मन्त्री, बैठक स्थगित

बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित नभएपछि बैठक स्थगित भएको छ।

बैठक सुरू हुनेबित्तिकै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू कोही पनि उपस्थित नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए।

त्यसपछि सभामुख घिमिरेले  प्रतिनिधि सभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत प्रस्ताव पेस गर्ने छन्।

प्रकाशित: २७ असार २०८१ १७:३४ बिहीबार

#Parliment Meeting