राजनीति

रविलाई मुकुलको आरोप: प्रकोपमा जनता मर्दै गर्दा दिनभर पार्टी बैठकमा बिताए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बर्खास्तमा परेका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले सभापति रवि लामिछानेमाथि गम्भीर आरोप लगाएका छन्।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै ढकालले जनता प्रकोपमा मर्दै गर्दा दिनभर पार्टी बैठकमा बिताएको आरोप लगाएका हुन्।

‘आजको दिनसम्म उपप्रधान एवं गृहमन्त्री पदमा आसीन भएकाले उहाँलाई आग्रह छ, प्राकृतिक प्रकोपमा जनता मर्दै छन् राहत र उद्धारमा ध्यान दिनुहोस्,’ उनले भने, ‘तर उहाँ त्यस्तो रहनुभएन। उहाँ जनता बाढी पहिरोमा बित्दै गर्दा पार्टीको दिनभर बैठक राखेर महामन्त्रीलाई कारबाही गर्ने वा नगर्ने तहमा उत्रिनुभयो।’

प्रकाशित: २६ असार २०८१ १५:१६ बुधबार