जनमत पार्टीले आन्तरिक छानविन समितिको प्रतिवेदनको आधारमा केन्द्रीय सचिवसहित सात जनालाई तीन महिनका लागि निलम्बन गरेको छ।
पार्टीको केन्द्रीय सम्पर्क कार्यालय मध्यबानेश्वरमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको नीति निर्देशन र विधान विपरित अनुशासनहीनता देखिएको भन्दै सात जनालाई निलम्बन गर्ने निर्णय गरेकाे हाे।
पार्टीले सवैलाई नगरपालिका, धनुषाका केन्द्रीय सचिव विशेश्वर प्रसाद (वीपी) साह, केन्द्रीय सदस्य रामेश्वर यादव, मर्चेया नगरपालिकाका सचिव कृष्ण चन्द्र साह, विद्यार्थी जनमत संघका पूर्व जिल्ला अध्यक्ष अरबिन्द सहनी, साधारण सदस्य धिरज कामती, वडा प्रत्याशी अनिता कुमारी यादव, र पूर्व नपा सचिव दीप नारायण यादवलाई कुनै पनि कामकाजमा सहभागी नहुने गरी तीन महिनाको लागि निलम्बन गरेको जनमत पार्टी सदस्य सचिव अनिता कुमारी मण्डलले जानकारी दिइन्।
उनले निलम्बन पश्चात् सुधार देखाउने वा नदेखाउने व्यवहार अनुसार निलम्बन फुकुवा वा थप कारबाही प्रक्रिया अघि बढाइने बताइन्।
प्रकाशित: २६ असार २०८१ १४:४३ बुधबार