राजनीति

थारु आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

‘थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८१ असार)’ प्रतिनिधि सभामा पेस गरिएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पेस गरेका हुन । संवैधानिक निकायहरूको वार्षिक प्रतिवेदन सङ्घीय संसदमा पेस गर्ने संवैधानिक व्यवस्था छ । 

प्रकाशित: २५ असार २०८१ १५:१३ मंगलबार

#Fifth Annual Report of the Tharu Commission #Energy Water Resources and Irrigation Minister Shakti Bahadur Basnet