राजनीति

विपदको जानकारी दिन गृहमन्त्री किन संसदमा नआएको : सांसद कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको खोजी गरेकी छिन्।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले देशभर बाढी, पहिरो र डुबानमा परेर जनताहरू त्रासमा रहेको बेलामा गृहमन्त्री रवि लामिछाने संसदको बैठकमा समेत नआएको भन्दै गृहमन्त्रीको खोजी गरेकी हुन। 

उनले देशभर विपद्को अवस्था कस्तो छ सो को बारेमा संसद बैठकमा जानकारी गराउन माग गरिन । उनले गृहमन्त्री आफ्नै फाइल खुल्ने हो कि भनेर संशकित भएको बताइन । उनले यति बेला फाइलको कुरा गर्ने बेला नभएको भन्दै जनतालाई सङ्कटबाट मुक्त गर्न सोच्नुपर्ने बताइन । 

प्रकाशित: २५ असार २०८१ १४:१४ मंगलबार

#Rashtriya Prajatantra Party MP Roshan Karki #Rabi Lamichhane