राजनीति

ढकाल रास्वपाको महामन्त्री र प्रवक्ताबाट बर्खास्त, साधारण सदस्यता भने कायम

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई महामन्त्री र प्रवक्ता पदबाट बर्खास्त गरेको छ। यद्यपि साधारणसदस्यता भने कायम  कायम राखेको छ।

ढकालको विषयमा निर्णय गर्न बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनको जिम्मेवारीबाट हटाउने निर्णय गरेको बैठकपछि सहप्रवक्ता रमेश प्रसाईंले बताए।

यसअघि पार्टीको अनुशासन आयोगले ढकाललाई साधारण सदस्यबाटै बर्खास्त गर्न सिफारिस गरेको थियो।

‘म लगायत केही सदस्यहरूको धारणा उहाँलाई बर्खास्त गर्ने धारणा थियो,’ पत्रकार सम्मेलनमा सहप्रवक्ता प्रसाईंले भने,‘तर, सभापतिज्युको सदासयता देखाएर तत्काल पार्टीबाट नहटाउने धारणा राखेपछि उहाँ पार्टीमै रहनुभएको छ।’ 

यो पनि पढ्नुहोस्

मुकुल भन्छन्: रविको क्लबबाट निस्कासित भएको हुँ, रास्वपाभित्र घण्टी बज्न रोकिन्न

 

प्रकाशित: २५ असार २०८१ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App