राजनीति

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले "लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक" प्रमाणीकरण गरेका छन्।

राष्ट्रिपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरी सङ्घीय संसदको दुवै सदनबाट पारित भई आएको विधेयक नेपालको संविधानको धारा ११३ (२) बमोजिम राष्ट्रपति पौडेलद्धारा आज प्रमाणीकरण भएकाे जानकारी दिए।

प्रकाशित: २४ असार २०८१ १८:४२ सोमबार