राजनीति

माओवादीका मन्त्रीलाई तत्कालै हटाउने सोच छैन: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्कालै माओवादी मन्त्रीहरूलाई सरकारबाट हटाउने सोच नरहेको बताएका छन्।

आज विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्कालै कोशी प्रदेशका माओवादी पार्टीका मन्त्रीहरूलाई हटाउने सोच नरहेको बताए।

मुख्यमन्त्री कार्कीले केन्द्रमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रिया अघि बढेका कारण तत्कालै मन्त्रीहरू हटाउने सोच नभएको स्पष्ट पारे। कार्कीले भने,‘तत्कालै सरकारमा रहेका मन्त्रीहरू हटाउने सोच नभए पनि असार २८ गते  केन्द्रको सरकारले आकार लिएपछि मात्रै अन्य प्रक्रियाहरू स्वतः अघि बढ्छ।’

मुख्यमन्त्री कार्कीले माओवादीका मन्त्रीहरूले राजीनामा नदिएको र आफूले पनि हटाउनेबारे हालसम्म केही नसोचेको बताए। मुख्यमन्त्री कार्कीले सरकारमा सहभागी हुनेबारे कांग्रेससँग पनि ठोस कुरा नभइसकेको र केन्द्रबाट पनि कुनै निर्देशन नआएको जानकारी दिए।

संघ र अधिकांश प्रदेशहरूमा माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिइसकेको छ। 

प्रकाशित: २४ असार २०८१ १६:३१ सोमबार

#Hikmat Karki