राजनीति

सङ्क्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्छः अध्यक्ष मगर

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सङ्क्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने बताएका छन्।

सोमवार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले सङ्क्रमणकालीन न्याय टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने, बालसैन्य, यानजन्य हिंसाहरुलाई सँगै टुंग्याउने गरी नीति बनाउनुपर्ने बताए।

उनले पीडकले सजाय पाउने र पीडितले न्याय पाउने गरी सङ्क्रमणकालीन न्याय टुंग्याउन जरुरी रहेको बताए।

उनले सङ्क्रमणकालीन न्याय टुंगोमा पु¥याउन सबै पक्ष क्रियाशील भइ काम गर्न जरुरी रहेको भन्दै सरकार, पीडित पक्ष, द्वन्द्वमा लागेका माओवादी पक्ष पनि सक्रिय भइ काम गरेमात्रै सङ्क्रमणकालीन न्याय टुंगो लगाउन सकिने जिकिर गरे।

अध्यक्ष मगरले सरकारलाई आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न आग्रह समेत गरे।

सो अवसरमा आयोगले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म गरेका प्रयास र सार्वजनिक गरेका धारणाहरु समेटेको राष्ट्रिय मानव अधिकार आयोग र सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रतिवेदन सार्वजनिक समेत गरेको थियो।

प्रकाशित: २४ असार २०८१ १३:५२ सोमबार

#human rights comission #tapbahadur magar