राजनीति

धारा ७६(२) अनुसार ओली प्रधानमन्त्री, दाहालको विपक्षमा मत: कांग्रेस संसदीय दल

नेपाली कांग्रेसले संविधानको धारा ७६(२)अनुसार नै आगामी सरकार बन्ने जनाएको छ । शनिबार बसेको पार्टीको संसदीय दल बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबिच धारा ७६(२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सहमति भएको उल्लेख गर्दै त्यो सहमतिको स्वागत गरेको हो। 

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव संसदको कार्यसूचीमा राख्न आग्रह गरिसकेकाले त्यसको विपक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको छ।

प्रकाशित: २२ असार २०८१ १७:४८ शनिबार

#Nepali Congress #UML President KP Sharma Oli #PM DAHAL