राजनीति

अशोक राई नेतृत्वको जसपाले लियो सरकारबाट समर्थन फिर्ता

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।शुक्रबार बसेको जसपाको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

त्यसै गरी सरकारमा रहेका जसपाका मन्त्रीहरूले शुक्रबार प्रधानमन्त्री दाहाल समक्ष राजीनामा दिएका छन्। जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन्। 

प्रकाशित: २१ असार २०८१ २०:१० शुक्रबार

#Prime Minister Pushpa Kamal Dahal #ashok rai #Withdra support