राजनीति

प्रधानमन्त्री दाहालले संसद्‍को सामना गर्ने आँट राख्नुपर्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्‍को सामना गर्ने आँट गर्नुपर्ने बताएका छन्। 

शुक्रवार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताए। पार्टीहरु बीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको उनको भनाइ छ।

सबै राजनीतिक दलहरुले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने उनले बताए। उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भुमिका निर्वाह गर्ने बताए।

उनले भने, ‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौँ। यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ। हाम्रो पार्टीहरुको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ। सबै राजनीतिक दलहरुले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ। हामी लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भुमिका निर्वाह गर्छौं।’

प्रकाशित: २१ असार २०८१ १२:०७ शुक्रबार

#puspakamal dahal #madhab kumar nepal