राजनीति

गृहमन्त्रीविरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा दुई न्यायाधीशबीच राय बाझिएको छ।

बिहीबार मुद्दाको सुनुवाइ गरेका न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको हो। न्यायाधीशद्वयको इजलासमा यो मुद्दामा सुनुवाइ भएर राय बाझिएको आदेश आएको हो।

सर्वोच्च अदालतका दुई न्यायाधीशका बिचमा फरक–फरक राय आएपछि यो विवाद अब तीन न्यायाधीशको इजलासमा जाने भएको छ। 

के कारणले राय बाझिएको हो भन्नेबारे सर्वोच्च अदालतले आदेश सार्वजनिक गरिसकेको छैन।

प्रकाशित: २० असार २०८१ १९:३३ बिहीबार