राजनीति

बैठक लाइभ नहुने भएपछि ढकालले लगाए मुखमा कालो टेप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक जारी छ। बैठकमा महामन्त्री मुकुल ढकालको प्रतिवेदनमाथि छलफल भइरहेको छ।

बैठक सुरु भएसँगै महामन्त्री डा। मुलुक ढकालले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण ९लाइभ० गर्ने माग गरेका थिए।  

महामन्त्रीको प्रस्तावलाई सभापति रवि लामिछानेले बैठकमा राखे तर केन्द्रीय सदस्यहरूले यसलाई अस्वीकार गरे।

बैठक लाइभ नहुने भएपछि महामन्त्री ढकाल मुखमा टेप लगाएर बसेका थिए।

बैठकमा सभापति लामिछानेले महामन्त्रीलाई प्रतिवेदन पढ्न आग्रह गरे। तर, महामन्त्रीले प्रतिवेदन पढ्न मानेनन्।

महामन्त्री ढकालले प्रतिवेदन पढ्न नमानेपछि सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रतिवेदन पढेर सुनाएका थिए।

प्रकाशित: १९ असार २०८१ १४:१४ बुधबार

#Mukul Dhakal #RSP-Rastriya Swatantra Party