राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भइरहेको बुझिएको छ।

बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।

कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा पनि दबाबमा परेको छ। यद्यपि माओवादी केन्द्र र रास्वपा दुवैले तत्काल राजीनामा नदिने रणनीति लिएका छन्।

प्रकाशित: १९ असार २०८१ ०८:३४ बुधबार

#राष्ट्रिय स्वतन्त्र पार्टी #केन्द्रीय समिति बैठक # पार्टी केन्द्रीय कार्यालय बनस्थली #मुकुल ढकाल