राजनीति

बुधबार सम्म मार्ग प्रसस्त गर्न प्रधानमन्त्रीलाई एमालेको आव्हान

नेकपा एमाले र नेपाली कांग्रेसका बिचमा भएको सहमति अनुरूप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि बुधबार सम्ममा मार्ग प्रसस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमालेले  आग्रह गरेको छ। 

मंगलबार बसेको एमाले सचिवालय बैठकले  यस्ता आव्हान गर्ने  निर्णय गरेको हो।

त्यसै गरी एमाले सचिवालय बैठकले  एमाले र नेपाली कांग्रेसको सहमति अनुरूप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसदमा रहेका सबै दलहरूलाई पनि आव्हान गर्ने निर्णय गरेको छ। 

प्रकाशित: १८ असार २०८१ १९:१२ मंगलबार

#uml #Nepali Congress