राजनीति

पाँच सय र हजारको नोट ‘ब्याण्ड’ गर्न सांसद पन्तको माग

राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले पाँच सय र हजारको नोटमा प्रतिवन्ध लगाउन माग गरेकी छिन्।

मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन्।

अर्थमन्त्रीले हिम्मत देखाएर भएपनि पाँच सय र हजारको नोट प्रतिवन्ध लगाउनुपर्ने उनकाे भनाइ थियाे।

पञ्चशीलको सिद्धान्तलाई लागू गर्न पनि उनले माग गरिन्। उनले कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न आग्रह गरिन्।

उनले भनिन् ‘पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुभएको छ। छ ? मानिन्छ ? कहिले कुनै देशमा नजिकिन गएको छ, दौडिएर गएको छ, कहिले कसैकोमा गएको छ। यसरी हामी सम्मानित नागरिक हुन सक्दैनौँ। हामी इजजतदार नागरिक हुनुपर्छ। नेपालीले पूर्खाको पालादेखि इज्जत कमाएर बसेको मुलुक हो। त्यसैले गर्दा यो पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुपर्छ। अर्थमन्त्रीज्यु सक्नुहुन्छ भने ५ सय हजारको नोट ब्याण्ड गर्नुस्।’

सांसद पन्तले बुढीगण्डकी परियोजना तत्काल लागू गर्न पनि माग गरिन्।

प्रकाशित: १८ असार २०८१ १५:५९ मंगलबार