राजनीति

एकीकृत समाजवादीको टिप्पणी: कांग्रेस-एमाले सत्ता गठबन्धन चरम अवसरवाद

नेकपा (एकीकृत समाजवादी) ले कांग्रेस–एमाले सत्ता गठबन्धन चरम अवसरवाद भएको टिप्पणी गरेको छ।

प्रचार विभाग प्रमुख प्रमुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिएका हुन्।

सोमबार मध्य राती संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रचण्ड नेतृत्वको सरकार प्रमुख घटक, संसदको दोस्रो ठूलो दल नेकपा (एमाले) बिच नयाँ सत्ता समीकरणबारे सम्झौता भएपछि विभाग प्रमुख खतिवडाले उक्त धारणा व्यक्त गरेका हुन्।

सत्तामा सहभागीसमेत रहेको नेकपा (एकीकृत समाजवादी) दशौँ राष्ट्रिय महाधिवेशनमा व्यस्त रहेको छ। महाधिवेशन स्थल कमलादीमा प्रमुख खतिवडाले भने, ‘संसद्का ठूला दुई दल मिलेर सरकार बुनाउनु तानासाही प्रवृत्ति हो। बहुदलीय राजनीतिको अपचलन संस्कृति हो। मुलुकलाई अस्थिरताको चक्रब्यूहमा फसाउने काम हो।’

उनले नेपाली कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो भएको पनि बताएका छन्। खतिवडाले भने, ‘नेपाली कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो। यो लोकतन्त्रका निम्ति पनि खतरा हो। प्रणालीलाई कमजोर पार्ने काम भएको छ। सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरित संविधान संशोधन गर्छौं भन्ने कुरा हामीलाई मान्ने छैन। यो अधिकार अमुख दललाई छैन।’

प्रकाशित: १८ असार २०८१ १२:३२ मंगलबार

#Jaganata khatiwoda #Nekapa Yes