राजनीति

एकीकृत समाजवादी महाधिवेशनः विभिन्न प्रतिवेदनमाथिको छलफल आज पनि जारी रहने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दसौँ महाधिवेशन आज पनि जारी छ।

आइतवारबाट सुरु भएको महाधिवेशनमा सोमवार प्रस्तुत भएका विभिन्न प्रतिवेदनमाथि आज पनि छलफल जारी रहने छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेका राजनीतिक दस्तावेजमा सोमवारबाट छलफल सुुरु भएको हो।  

पार्टीको कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा समूह बनाएर छलफल सम्पन्न भएपछि प्रतिनिधिको सुझावसहित अनुमोदन गरिने नेता सोमप्रसाद पाण्डेले बताए।

महाधिवेशन सञ्चालनमा सहजीकरण तथा विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिइ एकीकृत दस्तावेज बनाएर पारित गराउने जिम्मेवारीसहित सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ। उनले निर्णय र बहस टिपोटका लागि कमिटीसमेत गठन गरिएको छ।

२० गतेसम्म चल्ने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ।

प्रकाशित: १८ असार २०८१ ०७:५८ मंगलबार

#Madhav Kumar Nepal #ekikrit_samajbadi #jhalanath khanal