राजनीति

‘घर बस्नका लागि बनाउँ, रवाफ देखाउन होइन’ : मुख्य मन्त्री पोखरेल

बुटवल – पाँच नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले अनुत्पादक क्षेत्रमा आम्दानीको धेरै हिस्सा खर्च गर्ने परीपाटीका कारण विकास र समृद्धिमा नेपाल पछी परेको बताएका छन। रुपन्देहीको तिलोत्तमा ९ मंगलापुरमा निर्माण गरिएको वाटर पार्कको उद्घाटन गर्दै मुख्य मन्त्री पोखरेलले अनुत्पादक क्षेत्रमा गरिएको लगानीले उचीत प्रतिफल दिन नसक्ने भएकाले रवाफ देखाउनकै लागि गरिले त्यस्ता लगानी उत्पादन मुलक क्षेत्रमा लगाउनु पर्नेमा जोड दिएका हुन।

नेपालीका आफ्नै केही आनीबानीले समृद्धिलाइ रोकेको भन्दै  मुख्य मन्त्री पाखरेलले  आम्दानी बचाएर उद्यमशील क्षेत्रमा लगानी गर्न पनि पाँच नम्बर प्रदेशका जनतालाई आग्रह गरेका छन। पछिल्ला वर्षहरूमा गाँउ देखि शहर सम्म रवाफ देखाउनकै लागि ठूला घर बनाउने होडबाजी चलेको भन्दै मुख्य मन्त्री पोखरेलले परिवार समाज र राष्ट्रकै समृद्धिकालागि आम्दानी बचाएर उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु पर्नेमाा जोड दिए। ‘घर बस्नकालागि बनाउँ रवाफ देखाउन होइन’ मुख्य मन्त्री पोखरेलले भने ‘बचेको पैसा उत्पादन मुलक क्षेत्रमा लगानी गरौं ताकी त्यसले समाज र राष्ट्रलाइ दीर्घकालीन समृद्धि प्रदान गरोस’।

पाँच नम्बर प्रदेशको समृद्धिको आधार पर्यटन भएकाले पर्यटन पूर्वाधारमा लगानी गर्न उनले नीजि क्षेत्रलाइ आह्वान गरेका छन। समाज समृद्ध भएमात्रै पर्यटन क्षेत्रको बिस्तार हुने भएकाले घरको लगानी कटौती गरेर उद्यमशीलता बिस्तार गर्न उनले आग्रह गरेका हुन।  पर्यटन क्षेत्रको दिगो विकसकालागि पूर्वाधारमा लगानी बढाउन नीजि क्षेत्रलाइ आग्रह गर्दै उनले लगानीको सुरक्षा र वातावरण सरकारले तयार गरिदिने आश्वासन दिए। बुद्ध जन्मस्थल लुम्बिनी,जितगढी किल्ला जस्ता ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र रहेको रुपन्देही भविष्यमा पर्यटनमा आधारित ठुलो ट्रेड सेन्टर बन्न सक्ने भएकाले पर्यटन पूर्वाधारमा लगानी बढाउन नीजि क्ष्ोत्रलाइ आग्रह गरे।

आन्तरिक र भारतीयलाई पर्यटक नै नमान्ने पुरानो सोचमा परिवर्तनको खाँचो औल्याउदै मुख्य मन्त्री पोखरेलले लुम्बिनी प्रति स्थानीय सरोकार र समर्पण कम भएको औल्याए। पाँच नम्बर प्रदेशका एैतिहासिक, धार्मिक तथा पर्यटकीय थलोलाइ मनोरञ्जन केन्द्रसँगपनि जोडन सके त्यसबाट पर्यटकको बसाइ लम्ब्याउन र आर्थिक लाभ लिन सकिनेमा उनले जोड दिए। मुख्य मन्त्री पोखरेलले लुम्बिनी प्रति बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न र पर्यटकको बसाइ लम्ब्याउन रिक्रियसन सेन्टरको खाँचो औल्याउदै त्यसमा लगानी गर्न नीजि क्षेत्रलाइ आग्रह गरे। उनले वाटर पार्कलाइ प्राकृतिक र हरीयाली केन्द्रको रुपमा विकास गर्न सके पर्यटकको आकर्षण बन्न सक्ने पनि बताए।

प्रकाशित: १३ चैत्र २०७४ १०:३४ मंगलबार